बालुवाटारमा रास्वपाको आन्दोलन
चितवन, १३ कार्तिक । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । आन्दोलनको सुरसारकै क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ । रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लागि रास्वपाले जनाएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै भर्त्सना गरेका छन् ।