पाकिस्तानलाई अष्ट्रेलियाले २ विकेटले पराजित गर्यो
प्रकाशित मिति: सोमबार, कार्तिक १९, २०८१ | १८:३३:२६
चितवन, १९ कार्तिक । घरेलु टोली अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ ।
पाकिस्तानले दिएको २ सय ४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर जित पक्का गरेको हो ।
त्यसअघि पहिला टस जितेर ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २ सय ३ रनमा अलआउट भएको थियो ।
प्रकाशित मिति : सोमबार, कार्तिक १९, २०८१ |
१८:३३:२६
837