प्रधानमन्त्री ओली अस्वस्थ
प्रकाशित मिति: मंगलबार, कार्तिक २०, २०८१ | १६:२४:०३
चितवन, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका कुनै पनि भेटघाट र कार्यक्रम रद्द गरेका छन् । सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएका छ ।
हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २०, २०८१ |
१६:२४:०३
903