शेखर कोइरालाको ओली सरकारप्रति असन्तुष्टि- सात बुँदे सहमतिअनुसार कुनै काम गरेन
प्रकाशित मिति: शनिबार, कार्तिक २४, २०८१ | १९:१२:५१
चितवन, २४ कार्तिक । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । काग्रेस त्रियुगाले उदयपुरमा शनिबार आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमतिअनुसार कुनै काम नगरेको बताएन ।
उनले वर्तमान सरकार संविधान संशोधनलगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको सात बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए ।
प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०८१ |
१९:१२:५१
727