माओवादी केन्द्रीय समितिको बैठक पुस २ गते
प्रकाशित मिति: सोमबार, कार्तिक २६, २०८१ | १३:३१:३६
चितवन, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी पुस २ गते बस्ने भएको छ ।
आज बसेको पार्टीकाे पदाधिकारी बैठकले आगामी पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
यस्तै बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २६, २०८१ |
१३:३१:३६
2223























