एमालेलाई दान दिने भनिएको जग्गा भाटभटेनीको नाममा पास
प्रकाशित मिति: सोमबार, कार्तिक २६, २०८१ | १३:३६:५५
चितवन, २६ कार्तिक । नेकपा एमालेलेलाई दान दिने भनेको जग्गा भाटभटेनी सुपर मार्केटले आफ्नो नाममा ल्याएको छ ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन्।
जग्गादानको घोषणा गर्दा उक्त जग्गा कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो। केही दिनअघि उक्त जग्गा नामसारी भएको हो।
प्रकाशित मिति : सोमबार, कार्तिक २६, २०८१ |
१३:३६:५५
1057