दीपक मनाङेलाई अदालत लगियो
प्रकाशित मिति: मंगलबार, कार्तिक २७, २०८१ | १४:१६:३६
चितवन, २७ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले मनाङेलाई आजै स्थानीय सानोभ-याङबाट पक्राउ गरेको थियो । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने सीआईबीको तयारी छ ।
केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २७, २०८१ |
१४:१६:३६
837