प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो
प्रकाशित मिति: बिहिबार, कार्तिक २९, २०८१ | १४:०५:५०
चितवन, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ ।
मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा छन् ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०८१ |
१४:०५:५०
991