सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक
प्रकाशित मिति: शुक्रबार, कार्तिक ३०, २०८१ | १३:५१:०६
चितवन, ३० कार्तिक । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरू भएको छ ।
मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न बैठक बसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रालयहरुले गरेका कामकारवाही र समस्याहरुको समीक्षा पनि गर्नेछ । बैठकमा सबै मन्त्रीसहित सचिवहरुसहित प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु पनि सहभागी छन् ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३०, २०८१ |
१३:५१:०६
1211