पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि सोमबार गरिने
प्रकाशित मिति: आइतबार, मंसिर ०२, २०८१ | १७:१५:१५
चितवन, ०२ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि सोमबार गरिने भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको थियो ।
कान्छो छोरा निमेष लण्डनमा रहेको र उनी आएपछि सोमबार अन्त्येष्टि गरिने बताइएको छ ।
स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् । जेठा छोरा निशेष र छोरी नीता काठमाडौँमै छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०२, २०८१ |
१७:१५:१५
1343