लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रकाशित मिति: मंगलबार, मंसिर ०४, २०८१ | २०:५५:३७
चितवन, ०४ मंसिर । काठमाडौँ जिल्ला अदालतले जापान मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अदालतले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीमाथि काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०४, २०८१ |
२०:५५:३७
4005



















