रुकुम पूर्वमा माओवादीका जगत् घर्ती निर्विरोध निर्वाचित
प्रकाशित मिति: बुधबार, मंसिर ०५, २०८१ | १३:२९:५०
चितवन, ०५ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ ।
पुथा उत्तरगंगा गाउँपालिकाका-२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका संघीय सांसद पूर्ण घर्तीले जानकारी दिए ।
उनका अनुसार काँग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।
२०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालिले २३४ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।
प्रकाशित मिति : बुधबार, मंसिर ०५, २०८१ |
१३:२९:५०
1321