दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रकाशित मिति: बुधबार, मंसिर ०५, २०८१ | १४:४५:३८
चितवन, ०५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले आज बिहान म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
प्रकाशित मिति : बुधबार, मंसिर ०५, २०८१ |
१४:४५:३८
1475