सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान
प्रकाशित मिति: बिहिबार, मंसिर ०६, २०८१ | १५:२७:२७
चितवन, ०६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् ।
नेपाल भ्रमणमा आएका सेना अध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०६, २०८१ |
१५:२७:२७
1057