ओलीकाे दाबी : अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन
प्रकाशित मिति: शुक्रबार, मंसिर ०७, २०८१ | १५:२३:१८
चितवन, ०७ मंसिर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् । ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन । कुनै कमिसनखोर, भ्रष्टाचार र आफ्ना मान्छे भर्ती गर्न यो सरकार बनेको होइन’, ओलीले भने ।
प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको बताए । ‘धेरै मान्छेहरूले धेरै प्रकारका हल्ला चलाएका छन् । तर एमाले कागले कान लग्यो भन्दैमा कागका पछि लागेर कुद्ने पार्टी होइन’, उनले भने ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०७, २०८१ |
१५:२३:१८
903