रास्वपालक्षित ओलीको प्रश्न– आफैँ सहकारी ठगी गर्ने, आफैँ मुख छाड्ने ?
प्रकाशित मिति: शुक्रबार, मंसिर ०७, २०८१ | १५:३४:०४
चितवन, ०७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’
उनले चरित्रहत्या गर्ने, घृणा फैलाउने कुरा स्वीकार गर्न नसकिने बताए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०७, २०८१ |
१५:३४:०४
4115



















