सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत भेटिए
प्रकाशित मिति: आइतबार, मंसिर ०९, २०८१ | १३:०४:२९
चितवन, ०९ मंसिर । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । आइतबार बिहान एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
दुई जना चौथो तलाको बरण्डामा उनीहरू मृत फेला परेका हुन्।उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। फरेन्सिक टोली पनि पुगेको छ।
प्रकाशित मिति : आइतबार, मंसिर ०९, २०८१ |
१३:०४:२९
1343