प्रधानमन्त्रीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ | १५:१२:१९
चितवन, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोही दिन प्रधानमन्त्री ओलीले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षी वार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १२, २०८१ |
१५:१२:१९
705