विराटनगरलाई हराउँदै जनकपुरको विजयी सुरुवात
एनपिएल
एनपिएल
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ | १६:३१:४९
चितवन, १५ मंसिर । विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले १९ ओभरमा अलआउट हुँदै एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रत्युत्तरमा ब्याटिङ गरेको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाउँदै जित निकालेको हो ।
जनकपुरको जितमा अमेरिकी खेलाडी लाहिरु मिलान्थाले अर्धसतक बनाए । मिलान्थाले ५३ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
प्रकाशित मिति : शनिबार, मंसिर १५, २०८१ |
१६:३१:४९
1409