राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता,के भयो कुराकानी ?
चीन भ्रमण
चीन भ्रमण
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ | २०:४७:३२
चितवन, १५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा.आरज़ु राणा देउवा पनि सहभागी थिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १५, २०८१ |
२०:४७:३२
969