प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ | १३:५२:२८
चितवन, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
भोलिदेखी सुरू हुन लागेको चीन भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । चीनसँग हुन गइरहेको बिआरआइ सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १६, २०८१ |
१३:५२:२८
1013