बंगलादेशलाई नेपालले दियो १४२ रनको लक्ष्य
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ | १४:३५:३१
चितवन, १६ मंसिर । यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको हो।
ओपनर आकाश त्रिपाठीले बनाएको ४३ रन बनाएका थिए। उनले ७७ बलमा ५ चौका प्रहार गरे।
यस्तै उत्तम थापा मगरले २९ रन बनाए । अविशेक तिवारीले २९ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर छुन सकेनन्।
बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो।
प्रकाशित मिति : आइतबार, मंसिर १६, २०८१ |
१४:३५:३१
1013