यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ | १९:५०:३६
चितवन, १६ मंसिर । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । गत मंसिर १० र १३ गते बसेको दुई बैठकका निर्णय आइतबार एकैपटक सार्वजनिक भएका हुन् ।
जसअनुसार सरकारले नेपाल आयाल निगमलाई चितवनको राप्ती नगरपालिकामा जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ ।
यस्तै लेखमान बोर्डको अध्यक्षमा सुनिर कुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।सरकारले लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति : आइतबार, मंसिर १६, २०८१ |
१९:५०:३६
1057