राष्ट्रपति पौडेल अस्पताल भर्ना
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ | ९:५५:१८
चितवन, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
प्रकाशित मिति : बुधबार, मंसिर १९, २०८१ |
९:५५:१८
837