सवारी दुर्घटनामा दुई जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ | १९:१८:५३
चितवन, २१ मंसिर । सवारी दुर्घटनामा परी विभिन्र स्थानमा दुई जनाको मृत्यु भएकाे छ । मकवानपुर, बकैया गाउँपालिका-५ झाक्रीडाँडा नजिक सडकमा ना.८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका ४५ वर्षीय सानु लो तामाङको मृत्यु भएको हाे ।
यस्तै नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-३ कालिगण्डकी करिडोरमा रामपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको ग.१६ प १६६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक तनहुँ ऋसिङ्ग गाउँपालिका-४ बस्ने ३० वर्षीय सोम कुमार श्रेष्ठको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०८१ |
१९:१८:५३
815