कांग्रेसको कोशी प्रदेश सम्मेलन आज देखि शुरु
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ | १२:१९:२९
चितवन, २२ मंसिर । नेपाली कांग्रेसको कोशी प्रदेशको सम्मेलन आज देखि शुरु हुँदैछ ।
सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्व प्रकाश शर्मा लगायतका नेताहरू पनि सहभागी हुने जनाइएको छ ।
सम्मेलनमा प्रदेश कार्य समितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीति बारे छलफल हुनेछ । कोशीमा संघीयता पछि पहिलो पटक कांग्रेसको सम्मेलन हुन लागेको हो । सम्मेलन संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले भने बहिष्कार गर्ने भएका छन् ।
वरीयता विवादका कारण शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने जनाइएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २२, २०८१ |
१२:१९:२९
749