‘गाउँ फर्क’ अभियान चलाउन आवश्यक : मुख्यमन्त्री आचार्य
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ | १०:२६:०८
चितवन, २३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने आवश्यक रहेको बताएका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ती महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरू सहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताए ।
उनले तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरू पुर्याइरहेको सन्दर्भ केलाउँदै सहर केन्द्रित भएकाहरू अव गाउँ फर्कन जरुरी रहेको बताए ।
उनले सुविधाकै लागि सहर पसेकाहरू अव गाउँ फर्कनुपर्ने बताए ।
प्रकाशित मिति : आइतबार, मंसिर २३, २०८१ |
१०:२६:०८
749