रविलाई १३ दिन म्याद थप्न माग गर्दै अदालत उपस्थित गराइयो
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ | ११:२४:४९
चितवन, २३ मंसिर । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
उनलाई पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएपछि आज छैठौं पटक म्याद थप्न लागिएको हो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर २३, २०८१ |
११:२४:४९
837