दाङमा हाइस दुर्घटना
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ | १३:०१:५४
चितवन, २४ मंसिर । पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको राप्ती गाउँपालिका- २ मा गएराति हाइस गाडी दुर्घटनामा परेको छ। राप्ती-२ स्थित कटेशखोला नजिक गयराति लु २ ख ४२०४ नम्बरको हाइस बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार कपिलबस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको हाइसबस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।
हाइस पल्टिएर उत्तानो परेको छ । दुर्घटनामा कुनैपनी मानविय क्षती भने नभएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, मंसिर २४, २०८१ |
१३:०१:५४
683