राजनीति विचौलिया र दलालको हातमा छ, कांग्रेस-एमाले मुखौटा मात्रै हुन् : प्रचण्ड
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ | १४:५०:२४
चितवन, २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएको दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ । उनीहरू त खाली मुखौटा मात्रै हुन्,’ प्रचण्डले भने ।
रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको उनको भनाइ छ ।
प्रचण्डले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने बताए ।
प्रकाशित मिति : सोमबार, मंसिर २४, २०८१ |
१४:५०:२४
749