एनपीएलमा लुम्बिनीको पहिलो जित
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ | १२:३५:२६
चितवन, २५ मंसिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
त्रिवि मैदानमा मंगलबार भएकाे खेलमा चितवनलाई ३३ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको हो।
लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउँन सक्यो।
प्रकाशित मिति : मंगलबार, मंसिर २५, २०८१ |
१२:३५:२६
749