रवि लामिछानेलाई पोखरा पठाइयो
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ | १४:५६:०७
चितवन ,२६ मंसिर । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।
निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर २६, २०८१ |
१४:५६:०७
1167