स्थायी कमिटीको बैठक जारी, नेताहरूले धारणा राख्दै
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ | १५:४५:१९
चितवन, २९ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीको बैठक जारी छ । जारी बैठकमा कमिटीका सदस्यहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरिरहेका छन् । अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले भने बैठकमा बोलिसकेका छैनन् ।
अहिले स्थायी कमिटीका सदस्यहरुले विचार प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठकमा पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा विजय प्राप्त गर्ने र राजनीतिक तथा राजनीतिक चुनौतीहरूको सामना गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २९, २०८१ |
१५:४५:१९
925