प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी विश्व अधिकारी
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ | १६:३२:२२
चितवन, २९ मंसिर । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन् । प्रहरी प्रधान कार्यालयले शनिबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ता तोकिएको जनाएको छ ।
एसएसपी अधिकारीलाई मोबाइल नम्बर ९८५१२९२१११ वा इमेल spokesperson@Nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २९, २०८१ |
१६:३२:२२
4379


















