सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं बाहिरियो
प्रकाशित मिति: सोमबार, पौष ०१, २०८१ | १२:२४:०५
चितवन, ०१ पौष । एनपीएलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समिकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको छ । यससँगै प्लेअफ समिकरण पूरा भएको छ ।
जसअनुसार कर्णाली याक्स एनपीएलको प्लेअफमा प्रवेश गरेको छ। काठमान्डु गुर्खाज भने प्रतियोगिताबाट बाहिरिएको छ।
साेमबार जारी लिग चरणको अन्तिम खेलमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स प्लेअफमा पुगेको हो ।
प्रकाशित मिति : सोमबार, पौष ०१, २०८१ |
१२:२४:०५
881