छुट्टै पहिचानका साथ अगी बढेकोमा नेपाल उद्योग ब्यापार महासंघलाई पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना
चितवन, ०१ पौष । नेपाल उद्योग व्यापार महासंघको तेस्रो बार्षिक साधारणसभा भरतपुर भ्रमण बर्ष २०२४ को अवसर पारेर भरतपुर चितवनमा देशभरका प्रतिष्ठित उद्योगी व्यवसायी(प्रतिनिधि, परिवेक्षक)हरुको उत्साहजनक सहभागितामा नेपाल सरकारका सम्माननीय पुर्व प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को प्रमुख आतिथ्यता, महासंघ केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा हाम्रो निमन्त्रणालाई स्विकार गरि पाल्नु महानगर मेयर रेणु दाहाल ज्यू काठमाडौँ महानगरका प्रतिनिधि लगायत अन्य सरकारी निकाय, संघ-संस्थाहरु को समुपस्थितिमा भव्यताका साथ सम्पन्न भयो।
समाजवाद उन्मुख अर्थ व्यवस्था र समृद्ध नेपालको सपना पूरा गर्न निजी क्षेत्रको अग्रणी भूमिका रहने हुदा यसको नेतृत्व नेपाल उद्योग व्यापार महासंघ ले गरोस् भनि पुर्ब प्रधानमन्त्री प्रचण्ड द्वारा शुभकामना व्यक्त गर्नुभयो। साथै राज्य को बिभिन्न अंगहरू सग समन्वय र सहकार्यमा लागि प्रमुख भुमिका खेलेको प्रति धन्यवाद प्रकट गर्नुभयो।
साथै काठमाडौँ महानगरका प्रतिनिधि ज्यू वाट समेत शुभकामना मन्तव्य का क्रममा यस महासंघ सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो। यस तेस्रो बार्षिक साधारणसभा मा महासचिव खिमनारायण पराजुलीले महासंघको प्रगति प्रतिवेदन एवं भावी योजना कार्यक्रम प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष तुल्सीराम भण्डारीले आयव्यय विवरण लेखापरीक्षण प्रतिवेदन तथा आगामी महासंघको अनुमानित बजेट समेत प्रस्तुति गर्नुभयो।
महासंघको यस तेस्रो बार्षिक साधारणसभा बाट FNIC विपद राहत कोष -२०८० सन्चालन कार्यविधि र महासंघको विधान संसोधन सम्वन्धी कार्यको जिम्मेवारी पाउनु भएको संयोजक महासंघका एसोसिएट उपाध्यक्ष यज्ञ प्रसाद पन्त ज्यू वाट पेश गर्नुभयो र साधारणसभा बाट सर्वसहमतिले अनुमोदन भयो। दोस्रो बार्षिक साधारणसभामा उपाध्यक्ष यज्ञ प्रसाद पन्त ज्यू वाट कोष स्थापनार्थ रु. ५११५१/- घोषणा गर्नुभएको थियो भने यस तेस्रो बार्षिक साधारणसभामा केन्द्रिय सदस्य श्री रामसुन्दर बके ज्यू वाट रु.१,००,००१/- घोषणा गर्नुभएको छ।
उल्लेख कोषमा देश बिदेशमा रहनुहुने सहयोगी हातहरु लाई अनुरोध गरि कोष बिस्तार गर्दै बिभिन्न खाले बिपदमा सहयोग गर्ने उद्येस्य यस FNIC विपद राहत कोष २०८० को रहेको महासंघको अध्यक्ष एवं कोषका संरक्षक खिमलाल भण्डारीले जानकारी गराउनुभयो । साथै यस तेस्रो बार्षिक साधारणसभा बाट महत्वपूर्ण अर्को कार्य नेपाल उद्यमी युवा व्यवसायी मञ्च गठन भएको छ। यस मञ्चले देशभरका युवा व्यवसायी समेटेर अगाडी बढ्ने गरि केन्द्रिय संयोजकमा उर्जावान युवा व्यवसायी राजदिप ओझा लाई चयन गरि नेपाल उद्योग व्यापार महासंघको तेस्रो बार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भयो।