विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
प्रकाशित मिति: बुधबार, पौष ०३, २०८१ | १८:१८:५०
चितवन, ०३ पौष । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पौष ०३, २०८१ |
१८:१८:५०
705