राष्ट्रपति पौडेलद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
प्रकाशित मिति: बुधबार, पौष ०४, २०८१ | १८:२१:३१
चितवन, ०३ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् ।
भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले बुधबार शर्मालाई नियुक्त गरेका हुन् । यससँगै अब कार्यभार सम्हाल्नका लागि डा शर्मा भारत जानेछन् ।
प्रकाशित मिति : बुधबार, पौष ०४, २०८१ |
१८:२१:३१
1299