धापासीको एक घरमा आगलागी
प्रकाशित मिति: बिहिबार, पौष ०४, २०८१ | २०:०१:१५
चितवन, ०४ पौष । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ । टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर लगायतबाट दमकल पुगेर आगो नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । उद्धारमा नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : बिहिबार, पौष ०४, २०८१ |
२०:०१:१५
639