रवि र छविसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर हुँदै
प्रकाशित मिति: शुक्रबार, पौष ०५, २०८१ | १५:३६:५०
चितवन, ०५ पौष । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रविलामिछानेसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता लागिएको हो ।
कास्की प्रहरीले रास्वपा सभापती रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल राखिएको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष ०५, २०८१ |
१५:३६:५०
617