दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
प्रकाशित मिति: शुक्रबार, पौष ०५, २०८१ | १९:०५:५२
चितवन, ०५ पौष । सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चले शुक्रबार उक्त आदेश दिएको हो । दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए ।
उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो ।
प्रकाशित मिति : शुक्रबार, पौष ०५, २०८१ |
१९:०५:५२
815