सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, पौष ०५, २०८१ | १९:०९:४२
चितवन, ०५ पौष । दाङमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको । बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष ०५, २०८१ |
१९:०९:४२
837