दुई जना डीआईजी एआईजीमा बढुवा
प्रकाशित मिति: शुक्रबार, पौष ०५, २०८१ | १९:१३:३६
चितवन, ०५ पौष । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गृह मन्त्रालयले मंसिर २८ गते नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो । सिंह प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा कार्यरत छन् ।
त्यस्तै सरकारले बुढानीलकण्ठ-४ मा धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृती दिने निर्णय गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष ०५, २०८१ |
१९:१३:३६
947