रविलाई अदालत उपस्थित गराइयो
प्रकाशित मिति: आइतबार, पौष ०७, २०८१ | १२:४६:३६
चितवन, ०७ पौष । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुँदै छ ।
प्रकाशित मिति : आइतबार, पौष ०७, २०८१ |
१२:४६:३६
793