मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द (सूचनासहित)
प्रकाशित मिति: आइतबार, पौष ०७, २०८१ | १३:२३:३२
चितवन, ०७ पौष । मुग्लिङ-नौबिसे सडकखण्ड आज (आइतबार ) देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँचदिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको नागढुङगा–मुग्लिन सडक योजनाले जनाएको छ ।
नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेको हो ।
सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति : आइतबार, पौष ०७, २०८१ |
१३:२३:३२
925