रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता
प्रकाशित मिति: आइतबार, पौष ०८, २०८१ | १३:४७:५९
चितवन, ०७ पौष । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।
सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा लामिछाने लगायतका आरोपितहरुमाथि संगठित आरोपमा समेत मुद्दा दायर भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।
प्रकाशित मिति : आइतबार, पौष ०८, २०८१ |
१३:४७:५९
1145