रवि लामिछाने राज्यव्यवस्था समितिबाट पनि निलम्बित
प्रकाशित मिति: मंगलबार, पौष ०९, २०८१ | १४:५५:१५
चितवन, ०९ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन्। मंगलबार बसेको समिति बैठकमा सभापति रामहरि खतिवडाले उनी समिति सदस्य नरहेको घोषणा गरेका हुन्।
रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगि र संगठित अपराधको कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि सोमबार संघीय संसद् सचिवालयले पनि प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो।
प्रकाशित मिति : मंगलबार, पौष ०९, २०८१ |
१४:५५:१५
815