कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने
प्रकाशित मिति: बुधबार, पौष १०, २०८१ | २१:०१:३४
चितवन, १० पौष । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरपालिका घेराउ गर्ने भएको छ । समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए । साथै, काठमाडौँ महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए ।
प्रकाशित मिति : बुधबार, पौष १०, २०८१ |
२१:०१:३४
639