आज पनि रवि लामिछानेसँग बयान लिइने
प्रकाशित मिति: शुक्रबार, पौष १२, २०८१ | १०:२२:०५
चितवन, १२ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार ३ घण्टा बयान लिइएको थियो । तर, हिजो बयान नसकिएकाले आज पनि उनको बयान लिइने भएको हो ।
बयानका क्रममा रविले अभियोग पत्रमा भनेजस्तो कुनै पनि कसुरमा संलग्न नरहेको दाबी गरेका छन् । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ ।
यसअघि गत आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, पौष १२, २०८१ |
१०:२२:०५
683