एकैदिन बिहे गर्दै क्रिकेटर दाजुभाइ आरिफ र आसिफ, काे हुन् दुलही ?
चितवन, १२ पौष । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेख र आरिफ शेख विवाह बन्धनमा बाँधिने भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइले पुस २० गते बिहे गर्न लागेका हुन् ।
आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार विवाह गर्न लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यतिखेर होम टाउन विरगञ्जमा रहेका आरिफ९आशिफ बिहेको निमन्त्रणा कार्ड बाँड्ने काम भइरहेको छ ।
हालै काठमाडौंमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा दाई आरिफले सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए भने भाइ आशिफ जनकपुर बोल्ट्सका मार्की तथा केही खेलका कप्तान थिए । सुदूरलाई हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको थियो ।
२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका हुन् ।
२३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । उनी सन् २०२१ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका छन् ।